राजविराज, ४ साउन । सप्तरीको कञ्चनपुर नगरपालिका–८ मा मङ्गलवार सवारी दुर्घटनामा परी एक पैदल यात्रुको मृत्यू भएको छ ।
उत्तरबाट दक्षिणतर्फ आईरहेको स १ त ४००४ नम्वरको ट्याक्टरको ठक्करबाट स्थानीय पैदल यात्री बर्ष ३५ वर्षिया बौकी सरदारको मृत्यू भएको हो । ट्याक्टरको ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चालक फरार रहेको तथा ट्याक्टर ईलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको रहेको छ । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमकालागि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाईएको छ ।