राजविराज, ४ साउन । ‘चलु मिथिला राज आब ल कए रहबै’ मैथिली गीति एल्बम बजारमा आउने भएको छ ।
नेपालका पाश्र्व गायक रामा मण्डल र युवा गायक तेजू मैथिलको कर्णप्रिय स्वर रहेको उक्त एल्बमको रेकर्डिङ्ग अन्तिम चरणमा पुगेको छ । विद्यानन्द वेदर्दीको शब्द रचना रहेको उक्त एल्बममा शैलेन्द्र विश्वकर्माले सङ्गीत भरेका छन् । एल्बमको चाँडै सार्वजनिक गरिने गीतकार वेदर्दीले जानकारी दिए । ‘केकरो दामन–चापन,जुनि आबऽ सहबै, छी मैथिल वीर हम,गुलामी किए करबै ? लगायतका गीतहरु समावेश गरिएको छ ।