राजविराज, ३ साउन । जारी संविधानप्रति असन्तुष्टि जनाउँदै संघर्षरत संघीय गठबन्धनले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आइतवार र सोमवार गरी दुई दिनसम्म चलेको गठबन्धनको बैठकले ३९ दिने रिले अनसन सफल भएको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । निरन्तरता दिने निर्णय गरिएको छ । देशका विभिन्न दश स्थानमा गठबन्धनले अन्तरक्रिया गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
साउन ५ गते काठमाण्डौको बुधनगर, १७ गते कैलालीको धनगढी, साउन १७ गते दाङ्गको घोराही, साउन २५ गते रुपन्देहीको बुटवल, साउन ३२ गते मकवानपुरको हेटौडा, भाद्र ५ गते रौतहटको चन्द्रनिगाहपुर, भाद्र ११ गते महोत्तरीको वर्दिवास, भाद्र १७ गते सुनसरीको ईटहरी, भाद्र २२ गते झापाको विर्तामोड र भाद्र २८ गते मोरङ्गको बिराटनगरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने प्रेस विज्ञप्तिमा जनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कांग्रेस र माओवादी केन्द्रले दर्ता गराएको अविश्वास प्रस्तावमा गठबन्धनका सांसदहरुले समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।