राजविराज, १ साउन । राज्यले मधेशीलगायत आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको भन्दै दवाव स्वरुप सप्तरी जिल्लामा जारी अनिश्चितकालीन रिले अनसन विहीवार १५औं दिनमा प्रवेश गरेको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिँदै आएका हुन् । रिले अनसनमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य राधेश्याम पण्डित, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष रामकेवल यादव, युवा मञ्चका केन्द्रीय सदस्य जयनारायण यादव, तराई मधेश सद्भावना पार्टीका नेता सुरज सदा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सदस्य कौशल किशोर मण्डल, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला सदस्य प्रमेश्वर खङ्ग, नेपाल सद्भावना पार्टीका जिल्ला सदस्य विरेन्द्र कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सदस्य तेजनारायण सिपलिया र तराई मधेश लोकतान्त्रिक पार्टीका भोला मण्डल सहभागी भएका छन् ।
उक्त अनशन रिले अनसन कार्यक्रम औपचारिक रुपमा आइतवार समापन हुने संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।