राजविराज, ३१ असार । निमित स्थानीय विकास अधिकारी प्रदिप बहादुर सिंह यादवले शुक्रवार संघीय समाजवादी फोरम नेपाललाई बोर्डको निर्णयको प्रतिलिपी हस्तान्तरण गरेका छन् ।
निमित स्थानीय विकास अधिकारी यादवले फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवलाई बोर्डको निर्णयको प्रतिलिपी हस्तान्तरण गरेका हुन् ।
फोरम सप्तरीले जिल्ला विकास समितिको बोर्डको निर्णय माग गर्दै निमित स्थानीय विकास अधिकारीलाई केही दिन अघि सूचना माग गरेका थिए । बोर्डको निर्णयको प्रतिलिपीकालागि लिखित निवेदन दिँदा पनि आफूहरुलाई सूचना उपलब्ध नगराएको भन्दै फोरमका नेता तथा कार्यकर्ताहरुले बुधवार कार्यालयको कामकाजमा अवरोध पुर्याएका थिए । उक्त अवसरमा योजना अधिकृत धीरेन्द्र कुमार यादवसमेतको उपस्थिति रहेको थियो ।
आर्थिक वर्ष २०७१÷०७२ र २०७२÷०७३ को बोर्डको निर्णयको प्रतिलिपी बुझ्दै पार्टीको कार्य समितिको बैठक बस्नुका साथै विज्ञहरुबाट फाइलको अध्ययन अनुसन्धान गरिने फोरम अध्यक्ष यादवले जानकारी दिए । उनले केही दिनभित्रै उक्त विषयमा पत्रकारहरु बीच जानकारी गराईने बताए ।