• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

वीरगञ्ज, असार २४ । वीरगञ्ज उप–महानगरपालिका वडा नम्वर– २५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मनियारीका गरिब तथा जेहन्दार ११५ जना छात्रछात्राहरुलाई संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले पोशाक बितरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक अशोक कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी यादवले बिद्यार्थीहरुको सरसफाई एवं अनुशासनमा बिशेष ध्यान दिन शिक्षक शिक्षिकाहरुलाई अनुरोध गर्दै शिक्षाको स्तर बढाउनमा जोड दिए । विद्यालयमा हरेक जात जाती र धर्मका बिद्यार्थीहरु अध्ययन गर्ने साँझा फुलबारी भएकोले यसको संरक्षण र संवद्र्धन गर्नु सबैको जिम्मेवारी रहेको यादवले बताए ।
पोशाक वितरण कार्यक्रममा पुर्व प्रधानाध्यापक गजेन्द्र ठाकुर, शिक्षक शिक्षिकाहरु गम्भिरा अहिर, आलोक श्रीवास्तव, पिंकी यादव, नर्मदा श्रेष्ठ, निर्मला सहनी, रिमा कुमारी, परिचर सीता देवी, अभिभावकद्वय दिपक ठाकुर सुरेश हरिजन, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष मन्टु राउत अहिर, पुर्व शिक्षक जटाशंकर तिवारी लगायतको बिशेष उपस्थिति रहेको थियो ।