• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा जारी अनिश्चितकालिन रिले अनसन सातौ दिनमा प्रवेश

राजविराजमा जारी अनिश्चितकालिन रिले अनसन सातौ दिनमा प्रवेश

राजविराज, २४ असार । आन्दोलनरत पक्षको मागलाई राज्यले बेवास्ता गरेका कारण सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन शुक्रबार सातौं दिनमा प्रवेश गरेको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । रिले अनसनमा संघीय समाजवादी फोरमका जिल्ला सह–सचिव उपेन्द्र प्रसाद साह, सद्भावना पार्टीका जिल्ला सदस्य राजेन्द्र प्रसाद दास, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला सदस्य हरेराम मण्डल, राष्ट्रिय मधेश समाजवादी पार्टीका रामनरेश दास, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष महेन्द्र खङ्ग, तराई मधेश सद्भावना पार्टीका स्थानीय नेता मो. सैनी र नेपाल सद्भावना पार्टीका तुफान सहभागी भएका छन् ।
यस अघि विहीबारको रिले अनसनमा मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य नेत्रबिक्रम साह, तराई मधेश लोकतान्त्रिक पार्टीका सह–सचिव रामानन्द ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका कोषाध्यक्ष मनोज मेहता, संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष नवनित झा, सद्भावना पार्टीका पञ्चदेव यादव, तराई मधेश सद्भावना पार्टीका चन्देश्वर यादव, र नेपाल सद्भावना पार्टीका कुञ्जीलाल मण्डल सहभागी भएका थिए ।
शनिवारको २४ घण्टे रिले अनशनमा जिल्ला स्थित महिला नेतृहरु सहभागी हुने मधेशी मोर्चा सप्तरीले जनाएको छ ।