राजविराज, २२ असार । सरकारले आन्दोलनरत पक्षको मागलाई राज्यले बेवास्ता गरेपछि सप्तरी जिल्लामा अनिश्चितकालिन रिले अनसन पाँचौ दिनमा प्रवेश गरेको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । मोर्चाको पाँचौ दिनको रिले अनसनमा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता विजयकुमार यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर प्रसाद यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्याक्ष भगिरथ साह, सदभावना पार्टीका जिल्ला सदस्य ललन मिश्रा, नेपाल सदभावना पार्टीका जिल्ला सदस्य कमेली सदा, संघीय समाजवादी फोरमका नगर सचिव खेलानन्द यादव र तराई मधेश सदभावना पार्टीका जिल्ला सल्लाहकार पंडित कपिलदेव यादव सहभागी भएका छन् ।
यस अघि मङ्गलवारको २४ घण्टे रिले अनसनमा मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सदस्य दुर्गा प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका रामकुमार यादव, नेपाल सद्भावना पार्टीका जिल्ला सदस्य कैलु राम, सदभावना पार्टीका दिनेश साह, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका विनोद मालाकार, तराई मधेश सद्भावना पार्टीका सहदेव सदाय र राष्ट्रिय मधेश समाजवादी पार्टीका बैजु प्रसाद दास सहभागी भएका थिए । अनसशनमा बस्न लागेका आन्दोलनकारीहरुलाई संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला गजेन्द्र कुमार मण्डलले अबीर र माला लगाएर अनसनकारीहरुलाई स्वागत गरेका छन् ।