राजविराज, २१ असार । राज्य पक्षले आन्दोलनरत पक्षको मागलाई सप्तरी जिल्लामा अनिश्चितकालिन रिले अनसनले निरन्तरता पाएको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । मोर्चाको चौथो दिनको रिले अनसनमा मधेशी जन अधिकार फोरम नेपालका केन्द्रीय सदस्य दुर्गा प्रसाद साह, तराई मधेश लोकतान्त्रिक पार्टीका रामकुमार यादव, नेपाल सद्भावना पार्टीका जिल्ला सदस्य कैलु राम, सदभावना पार्टीका दिनेश साह, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका विनोद मालाकार, तराई मधेश सद्भावना पार्टीका सहदेव सदाय र राष्ट्रिय मधेश समाजवादी पार्टीका बैजु प्रसाद दास सहभागी भएका छन् । अनसशनमा बस्न लागेका आन्दोलनकारीहरुलाई संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले अबीर र माला लगाएर स्वागत गरेका छन् ।
यस अघि सोमवारको रिले अनसनमा नेपाल सदभावना पार्टी निकटको मधेश रक्षावाहिनीका प्रमुख विनोद कुमार यादव, नेपाल सदभावना पार्टीका केन्द्रीय महासचिव बालबोध झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सचिव तेजनारायण यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका वरिष्ठ नेता हरेराम यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य रामकृष्ण मुखिया, युवा नेता युगल यादव र तराई मधेश सदभावना पार्टीका प्रतिनीधि सुशील कुमार सहभागी भएका थिए ।