• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एजेन्टका कारण मलेसियामा ठगिए शम्भु मण्डल

राजविराज, २१ असार । सप्तरीको २ नम्वर योगिनिया गाविस वडा नम्वर–३ का एक युवा मलेसियामा ठगीमा परेका छन् ।
एजेन्ट कबोल गरेको सुविधा नपाउँदा शम्भु मण्डल मलेसिया सेलाङ्गर जिल्ला सुसु मेरु स्थित मेरी फैयर चेयर सिस्टम प्रा लि.मा उनी ठगी परेका हुन् । कम्पनीमा करिब नेपाली तीन सय नेपाली कामदार कार्यरत रहेकोमा मण्डल सहित १९ जनाको समूह गुरुङ ओभर्सिस प्रा.लि. बसुन्धाराबाट केही महिना अघि मलेसिया पुगेका थिए ।13595697_584341318413773_1927622865_n
सप्तरीको कनकटाका एजेन्ट ललित मण्डललाई नगद १ लाख ५० हजार रुपैयाँ तिरेर मासिक तलब मलेसियन रुपैयाँ ९ सय तलब पाउने शर्तमा मलेसिया पुगे पनि कबोल गरे अनुसार सेवा सुबिधा नपाएको पीडित मण्लले न्यूज टुडेसँग गुनासो गरे । मेडिकल, खाना, रेस्टुरेन्ट, बस भाडा आदि सबै आफूले नै तिरेको उनले भने ‘ आइतवार बिदा रहने शर्त थियो तर यहाँ आइतवार पनि काम गराउँछ र उक्त दिनको पारिश्रमिक पनि दिँदैन ।’
प्रत्येक महिनाको २–३ आइतवार कम्पनीले जबरजस्ती काम गराउने गरेको र काम नगरे थप दुई दिन बराबरको ओभरटाइमको पारिश्रमिक समेत काट्ने गरेको उनले जानकारी दिए । ‘जिल्लाकै एजेन्ट मण्डललाई नगद एकमुष्ठ १ लाख ५० हजार बुझाएँ’ उनले भने ‘मेडिकल, खाना, रेस्टुरेन्ट, बस भाडा आदि सबै मैले नै तिरेँ ।’ पारिश्रमिकबारे कुरा उठाउँदा तामिल मेनेजर रहेकोले कामदारहरुलाई गालीगलौज तथा कुटपीट समेत गर्ने गरेको पीडित मण्डलले टेलिफोनमा बताए । राम्रो काम र राम्रो कम्पनीको प्रलोभन देखाएर ठगी गर्ने एजेन्टलाई कार्वाही गर्न उनले सम्वन्धित निकायसँग अपील गरेका छन् ।