• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भोरद्वारा ९२ जना एसएलसी उतीर्ण मुसहर विद्यार्थी सम्मानित

भोरद्वारा ९२ जना एसएलसी उतीर्ण मुसहर विद्यार्थी सम्मानित

राजविराज, १९ असार । २०७२ सालको एसएलसी उतीर्ण देश भरिका ९२ मुसहर विधार्थीहरुलाई पूर्व राष्ट्रपति डा. राम वरण यादवले शनिवार जनकपुरधाममा सम्मान गरेका छन् ।
भोरद्धारा संयोजित शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान अन्तर्गत भोरले देश भरिबाट मुसहर समुदायबाट २०७२ सालको एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान र उनीहरुको उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा कार्यक्रममा सम्मान गरिएको हो । नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको सभापतित्व एवम् पूर्व राष्ट्रपति यादवको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा शिक्षाविद् भोगेन्द्र झा, राम भारोष कापडीलगायतको विशेष आतिथ्यमा कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रममा झापादेखि नवलपरासी सम्मका ३ सय भन्दा बढी मुसहर विधार्थी, अभिभावक सहित विभिन्न क्षेत्रका समाजसेवी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । पुस्तौंदेखिको चरम गरिबी र अहिलेको एकाइसौं शताब्दिमा पनि ३ प्रतिशतको हाराहारीमा मात्र शिक्षित रहेको मुसहर समुदायको समग्र उत्थानकोलागि र उनीहरुलाई शिक्षा हासिल गर्न प्रोत्साहन मिलोस भने अभिप्रायले भोरले यस्तो सम्मान कार्यक्रम २०६९ सालदेखि नै गर्दै आई रहेको छ । 13589207_1363303207019375_798193569_o
भोरको महासचिव वीर बहादुर महतोले उदघोषण गरेको उक्त सम्मान तथा सहयोग घोषणा कार्यक्रममा भोरकै कोषाध्यक्ष पचुलाल माझी मुसहरले स्वागत गरेको थिए । कार्यक्रममा शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको बारेमा प्रकाश पार्दै पुस्तौदेखि नेपालमा बसोबास गर्दै आए पनि हाल पनि आफनै देशमा अनागरिकको जीवन जिउन बाध्य मुसहर समुदायको विकासमा सबै जुटेर लाग्नु पर्ने धारणा भोरको तर्फबाट देवेन्द्र राज सिहं व्यक्त गरे ।

देशभरीबाट २०७२ सालको एसएलसी उत्तीर्ण ९२ जना मुसहर विधार्थीहरुलाई प्रोत्साहन पत्र, गमछा, माला र अबीर लगाएर नेपालको प्रथम राष्ट्रपति यादवले सम्मान गरे । भोरका तर्फबाट डा. सि.के.सिहं, मिथिलेश गुप्ता, स्वेता मिश्र, नागेन्द्र साह लगायतका व्यक्तिहरु सहभागी भएका थिए । भोरले उक्त सम्मान कार्यक्रम वर्ष २०६९ मा पहिलो पटक गर्दा कुल ३ जना मुसहर विधार्थीहरुमात्र एसएलसी पास भई सम्मानित गरेको थियो । दोश्रो वर्षको सम्मानमा ७ जना, तेश्रो वर्षमा ९ जना एसएलसी पास मुसहर विधार्थीहरु सम्मानित भए । विगतका वर्षहरुमा सम्मानित भएका मुसहर विधार्थीहरु भोरद्धारा संयोजित छात्रवृतीको सहयोगले हाल उच्च शिक्षा हासिल गरिरहेका छन् ।

शिक्षाको उज्यालोबाट पुस्तौदेखि बञ्चित मुसहर समुदायलाई अगामी ५ वर्षभित्र पुर्ण शिक्षित पार्न र सम्पूर्ण बालबालिकाहरु र युवाहरुलाई विधालय र कलेजमा अध्ययन गराउन सहयोग गर्न भोरले रु. ५१,००० आफनो तर्फबाट योगदान गरी दीनाभद्री छात्रवृती कोषको स्थापना गरेको घोषणा भोरको अध्यक्ष राज कुमार महतोले जानकारी दिए । उक्त दीनाभद्री छात्रवृती कोषको शुभारम्भ गर्दै पूर्व राष्ट्रपति यादवले उक्त कोषमा सम्पुर्ण देशवासीलाई योगदान गरी पुस्तौदेखि पछाडि परेको समुदायको उत्थानमा योगदान गर्न आग्रह गरे ।