• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महासंघले श्रमजिवी पत्रकारहरुको मुद्दालाई उठाउन नसकेको आरोप

महासंघले श्रमजिवी पत्रकारहरुको मुद्दालाई उठाउन नसकेको आरोप

वीरगञ्ज १६ असार । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बदी सिग्देलले नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको मुद्दालाई उठाउन नसकेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा विहीवार वीरगञ्जको होटल मकालुमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले पत्रकारहरुले भोग्नु परेको पिडालाई सम्बोधन गर्नु भन्दा पनि सरकारको पिछलग्गु बनेर हिड्ने काम महासंघले गरेको आरोप लगाए । उनले लोकतान्त्रिक पत्रकारहरु एकजुट भएर महासंघको नेतृत्वमा जानुपर्ने कुरामा जोड दिँदै महासंघमा सबल नेतृत्वकालागि प्रेस युनियनले योग्य उम्मेदवार पठाउने बताए ।
नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजङ्ग शाह, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, संस्थापक सदस्य कन्हैया लाल केशरी, पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महतो, पूर्व पर्सा शाखा अध्यक्ष दिपेन्द्र चौहान, केन्द्रीय पार्षदद्वय रितेश त्रिपाठी, शंकर खतिवडा, फोटो पत्रकार समुहका केन्द्रीय उपाध्यक्ष राम सर्राफ लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहान, सचिव उदय दास, सह–सचिव निलिमा पौडेल, कोषाध्यक्ष राम कुशवाहा, कार्यसमिति सदस्यहरु प्रकाश तिवारी, मनिषा श्रेष्ठ, श्याम कुशवाहा, विमला गुप्ता, दिपक ठाकुर, ईरफान अलि, हेमन्त तामाङ्ग, प्रियंका गुप्ता लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।