वीरगंज, ११ असार । नेपाल औषधी व्यवसायी संघको ४३ औं स्थापना दिवसको अवसरमा शनिवारवीरगंज–२६ प्रसौनी बिर्तामा रहेको माउण्ट हर्मन सेकेण्ड्री स्कुलमा निशुल्क आँखा शिविर आयोजना गरियो ।
संघको नारायणी अंचल शाखाको आयोजना र दृष्टि आँखा अस्पताल वीरगंजको प्राबिधिक सहयोग तथा माउण्ट हर्मन सेकेण्ड्री स्कुलको बिशेष सहयोगमा सो शिविर सम्पन्न भएको हो । शिबिरमा दृष्टि आँखा अस्पतालका नेत्र बिशेषज्ञ डा. शेषकान्त अर्याल र अमित कुमार सिंहले बिरामीहरुको आँखा जाँच गरेका थिए । शिबिरमा स्कुलका बिद्यार्थी, प्रसौनी बिर्ता, सवैठवा, मनियारी र आसपासका गाउँका बासिन्दाहरुले आँखा जाँच गराएका छन् । शिबिरमा चार सय जनाले निशुल्क आँखा जाँच गराएका छन् ।
६० जनामा मोतियाबिन्दुको समस्या रहेको कार्यालय सचिव रामपुकार साहले बताए । शिबिरमा दृष्टि आँखा अस्पतालका प्राबिधिक बिरेन्द्र पाण्डे, आलोक कुमार साह, स्कुलका प्राध्यानाधापक संतोष साह, लेखापाल रमेश यादव लगायतकाले सक्रिय भुमिका निर्वाह गरे । उक्त अवसरमा नेपाल औषधि व्यवसायी संघ नारायणी अंचल शाखाका अध्यक्ष महम्द ताजुदिन अंसारी, नि.वर्तमान अध्यक्ष सुरेन्द्र बहादुर रंजितकार, उपाध्यक्षद्वव प्रदिप खण्डेवाल, बासुदेव रुगंटा, महासचिव पप्पु कुमार झा, उपमहासचिव श्रीनरेश यादव,कोषाध्यक्ष सुनिल लखोटिया,उपकोषाध्यक्ष राकेश कुमार गुप्ता, सदस्यहरु अजय कुमार यादव, रामबिनोद प्रसाद, गणेश प्रसाद साह, प्रमोद कुमार सर्राफ, मानव राजपाल, प्रभु प्रसाद सोनार, नन्दलाल प्रसाद साह, विश्वराज गौतम ,राजकिसोर प्रसाद कलवार लगायतको विशेष सक्रियता रहेको थियो ।