• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वर्षाका कारण सप्तरीको सयौं घर डुबानमा(फोटो फिचर समेत)

वर्षाका कारण सप्तरीको सयौं घर डुबानमा(फोटो फिचर समेत)

राजविराज, ११ असार । विगत केही दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाको आधा दर्जन गाविसका सयौं घरहरु डुबानमा परेको छ ।
नदीहरुमा आएको बाढीले गर्दा बाँध तथा तटवन्धहरु भत्काउँदा बस्तीहरु डुबानमा परेको हो । खडक, खाँडो, महुली, चापिन, सुन्दरी लगायतका खोलाहरुमा आएको बाढीले एक दर्जन स्पर तथा बाँध भत्काएको छ । बाढीको पानी बस्तीमा पस्दा सर्वसाधारण जनताको जनजिवन कष्टकर बन्न पुगेको छ ।
जिल्लाको सकरपुरा, दिघवा, रम्पुरा मल्हनीयाँ, गोबरगाढा, झल्ही, फर्सैठ, बेल्ही र तिलाठी गाविसमा पनि सयौं घरमा वाढिको पानी पसेको छ । बाढीका कारण सडक डुबानमा परेपछि राजविराज–कुनौली सडक खण्डमा आवागमन अवरुद्ध हुन पुगेको छ । सकरपुरा गाविसको वडा नम्वर ६ स्थित खाडो खोलामा आएको बाढीले खेतीयोग्य जग्गा कटान भएको छ । यसैगरी राजविराज नगरपालिकाको वडा नम्वर १ र ९ मा बाढीको पसेर ५० भन्दा वढि परिवारको घरमा पानी पसेको छ । वर्षा याममा नदीहरुमा आउने वाढिले वर्षेनी ठुलो जनधनको क्षती गर्ने गरे पनि यसको दिर्घकालिन समाधान हुननसकेको भन्दै स्थानीयवासिन्दाले आक्रोश व्यक्त गरेका छन् । तस्विरहरुः रामनारायण विश्वास 12

45

3