• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
निर्वाचनको निहुँ बनाएर दलितमाथि कुटपीट

श्यामसुन्दर पासवान
कञ्चनरुप, ९ असार । सप्तरीको जिल्ला मैनाकडेरी–१ स्थित चुमनहरी जनता माध्यमीक विद्यालय विद्यालय ब्यवस्थापन समितिको निर्वाचन सम्वन्धि विषयलाई निहुँ बनाएर आफूमाथि कुटपीट गरेको अवकाशप्राप्त ईञ्जिनियर रामप्रसाद खङ्गले आरोप लगाएका छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा दिपेन्द्र लगरवार यादवले र अशोक कुमार मण्डल खङ्ग बीच प्रतिष्पर्धा हुँदा यादव विजय भएका थिए । निर्वाचन सम्पन्न भएको भोलिपल्ट मैनाकडेरी– २ घर भएका दलित समुदायका अशोकका पिता अवकास प्राप्त ईञ्जिनियर राम प्रसाद खङ्ग साँझको समयमा हटिया गएको मोका छोपी तँ दलित भएर हामीसँग प्रतिष्पर्धा गर्ने भन्दै अजय कुमार मिश्र सहित दुई जनाको समुहमा आएको ब्यक्तिले कुटपिट गर्नुका साथै आफूसँग भएको नगद रु ५३ हजार र गलामा लगाएको डेढ तोलाको सुनको सिक्री समेत लुटेर लगेको उनले बताए । कञ्चनरुप नगरपालिका स्थित बेरियरमा पत्रकार सम्मेलन गरी खङ्गले अजयसँग आएका अर्का अपरिचित व्यक्तिले कुटपीट गरेको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधवार आफूले अजय विरुद्ध दलित समुदायलाई कुटपिट गरी लुटपाट गरेको विषयमा निवेदन दर्ता गराएको पत्रकार सम्मेलनमा उनले बताए ।
दलित जनजाती पार्टीका जिल्ला सदस्य कुसेश्वर साहले दलितमाथि कुटपिट र लुटपाट गर्नु निन्दनीय कार्य भएको भन्दै पिडितलाई न्याय दिई दोषीलाई कारवाही गर्न माग गरेका छन् । दलित सरोकार मञ्च नेपाल कञ्चनपुरका सचिव राजकुमार पासवानले एक्काईसांै शताब्दिमा पनि दलितमाथि कुटपिट हुनु भनेको निन्दनीय कार्य भएको भन्दै पिडितले न्याय नपाए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।