• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

व्यवसायीक पत्रकारिता अहिलेको आवश्यकताः झा

व्यवसायीक पत्रकारिता अहिलेको आवश्यकताः झा

वीरगञ्ज, २ असार । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले लोकतान्त्रिक मुल्य मान्यतासहितको व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखासँग आवद्ध सञ्चारकर्मीहरुसँग विहीवार वीरगञ्जको होटल कुमुमा भेटघाट गर्दे पुर्व अध्यक्ष झाले व्यवसायिक पत्रकारीताको विकासकालागि सबै लाग्नुपर्ने बताए । अब मिसन पत्रकारीता र आस्थाको पत्रकारीता गर्नेहरुको दिन गएको बताउँदै वीरगञ्जमा पत्रकारहरुको क्षमता अभिबृद्धिकालागि आवश्यक पर्ने तालिम, सेमिनार उपलब्ध गराउने जानकारी समेत दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियानका केन्द्रीय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ मध्यमाञ्चल संयोजक शितल महतो, पर्सा अध्यक्ष रामनारायण कुर्मी, सञ्चारकर्मी रितेश त्रिपाठी, शेखर छतकुली, कृष्णा खनाल, क्रान्ति साह राम शर्राफ, रामराज यादव, मनोज साह, कोषाध्यक्ष राम कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।