• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लायन्सद्वारा दुई अपाङ्गलाई ह्वील चेयर

राजविराज, १ असार । लायन्स क्लव राजविराजले बुधवार एक कार्यक्रमका बीच सप्तरीका दुई जना अपाङ्गलाई बुधवार ह्वील चेयर प्रदान गरेको छ ।
क्लवका सेकेण्ड डिस्ट्रिक्ट गभर्नर सुदर्शन वहादुर प्रधानाङ्गले उपलब्ध गराएको ह्वील चेयर राजविराज नगरपालिका–१ कि सरस्वती दास र राजविराज नगरपालिका–९ का २० वर्षिय धीरेन्द्र कुमार दासलाई प्रदान गरिएको हो । सोही कार्यक्रममा बाल कल्याण गृह र बहिरा बालकको स्कूललाई एक–एक थान फिल्टर समेत प्रदान गरिएको क्लवका सप्तरी अध्यक्ष शंकर कुमार शारदाले जानकारी दिएका छन् । लायन्स क्लवका सचिव गोबिन्द सिंह, लायन्स क्लवका रामनरेश प्रसाद सिंह, हरेकृष्ण प्रसाद सिंहलगायतको उपस्थिति थियो ।