राजविराज, १ असार । सप्तरीको खुरहुरिया स्थित रामजानकी मन्दिरमा ९ महिने अखण्ड सीताराम नाम जप महायज्ञ गत जेठ २७ गतेदेखि शुरु भएको छ ।
मन्दिरका महन्थ मोती दास बैरागीको नेतृत्वमा एक महिनापछि ९ दिवसीय महाविष्णु यज्ञ, रामचरित्र मानस पाठ एवम् प्रवचन तथा अन्त्यमा १११ मण्डलको सन्त सम्मेलन समेत आयोजना गरिनेछ । ५२ अवतारको मूर्ती निर्माण, राशलीला (बृन्दावन), निर्गुन नृत्य र विभिन्न विद्वानीद्वारा प्रवचन यज्ञको आकर्षण रहने महन्थ मोती दासले जनाएका छन् ।
हाल जमुनी मधेपुरा, सिम्राहा सिगियोन, छपकी भथौल, बाजितपुर, मलेकपुर, अण्डीपट्टीलगायतका मण्डलीहरुद्वारा भजन किर्तन समेत भइरहेको छ ।