राजविराज, ३२ जेष्ठ । सप्तरी जिल्लाको चार गाविसका हरुवाचरुवा परिवारलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सोमवारदेखि राजविराजमा डिटर्जेन्ट पाउडर बनाउने तालिम सञ्चालन भएको छ ।
तपेश्वरी समाज कल्याण संघ र मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन नेपाल संस्थाको संयुक्त आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । द फ्रिडम फण्ड, जेनेभा ग्लोबल र घरेलु तथा साना उद्योग कार्यालय राजविराजको सहयोगमा आयोजना गरिएको दुई दिने तालिममा को. बरसाइन, कोइलाडी, धर्मपुर र ठेलीयाका हरुवाचरुवा परिवारका ४८ जना महिलाको सहभागिता रहेको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिए ।
सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको कार्यक्रम सयोजक प्रदिपकुमार जोशीले बताए । मानव अधिकार तथा ग्रामिण युवा वरिवर्तन नेपालका अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्य देवरामप्रसाद यादव, सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साह, आरआरएनका प्रनितिधि दिनेश आर्याल, घरेलु तथा साना उद्योग कार्यालयका पूर्व अधिकृत रघुवर साह, सहभागी रिता विक लगायतले तालिम उद्घाटनका अवसरमा मन्तव्य व्यक्त गरे ।