• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘सुनौला हजार दिन’को जिल्ला स्तरीय अभिमुखिकरण

‘सुनौला हजार दिन’को जिल्ला स्तरीय अभिमुखिकरण

राजविराज, ३० जेठ । सप्तरीमा सञ्चालित सुनौला हजार दिन आयोजनाको जिल्ला स्तरीय अभिमुखिकरण आइतवार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला विकास समिति सप्तरीका योजना अधिकृत धीरेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो । कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सामाजिक परिचालन विज्ञ ईन्द्रवहादुर भुजेलले प्रजनन् उमेर पुगेका महिला तथा दुई वर्ष मुनीका वच्चाको पोषणमा सुधारको लक्ष्यका साथ सप्तरीमा पनि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले मुलुकमा ४१ प्रतिशल जनसंख्या अझै कुपोषित रहेको भन्दै त्यसमा सुधारका लागि सामाजिक धारणा, ब्यवहार र परम्परामा सुधार ल्याउनु आवश्यक रहेको वताए । वर्तमान संविधानले मौलिक हक अन्तर्गत पोषणलाई स्विकार गरेको उनले बताए ।
मन्त्रालयका पोषणविज्ञ धनञ्जय पौड्यालले वहु क्षेत्रीय पोषण योजना राष्टिूय योजना आयोगको पोषण सम्वन्धि गुरुयोजना रहेको भन्दै सुनौला हजार दिन कार्यक्रममा यसलाई महत्वपुर्ण स्थान दिईएको बताए । सुनौला हजार दिन कार्यक्रमका जिल्ला संयोजक रमेश कुमार यादवले सप्तरीको १५ गाविसमा यस वर्ष दोश्रो चरणको कार्यक्रम सञ्चालनमा रहेको वताए । 
संयोजक यादवले पहिलो चरण अन्तर्गतका १४ गाविसमा अघिल्लो निकासाको फछर््योट नभएका कारण निकासा रोकिएको जानकारीका साथ अन्य नयाँ गाविसहरुमा कार्यक्रम सञ्चालनमा रहेको बताए । उनले पहिलो चरणको तिलाठीमा काम सम्पन्न नहुने अवस्था रहेको, धनगढीमा केही रकम हिनामिना समेत भएको कार्यक्रममा जानकारी गराए ।