• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राहत बितरणमा सरकारले विभेद गरेको आरोप

बिरेन्द्र बजार, २९ जेठ । आदिवासी जनजाती भएको कारण भुकम्पको राहत बितरणमा समेत सरकारले बिभेदपुर्ण व्यवहार गरेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन ।
आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेल ललितपुरको सहयोगमा आदिबासी जनजाती महासंघ सप्तरीद्धारा ईनर्वा फुलबडियामा शनिबार आयोजित आदिबासी जनजातीहरुकालागि एक दिने भुकम्प चेतनामुलक कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो आरोप लगाएका हुन् । आदिवासी जनजाजी महासंघ सप्तरीका अध्यक्ष यम बहादुर खपाङ्गी मगरको अध्यक्षता सञ्चालित कार्यक्रममा बोल्दै अदिबासी जनजाती जिल्ला समवन्य समिती सप्तरीका उपाध्यक्ष रमेश चौधरीले आदिबासी जनजातीहरुको सरकारले बितरण गर्ने भुकम्प राहतमा पहुच नहुदा राहत पाउनबाट बञ्चित हुनुपरेको बताए ।
सरकारले राजनितिक भागबण्डाकोको आधारमा राहत बितरण गरेको आरोप लगाउदै कार्यक्रमको प्रमुख अतिथी समेत रहेको उनले बास्ताबिक पिडितको पहिचान गरी राहत बितरण गर्नुपर्नेमा जोड दिए । नेपाल मगर संघ सप्तरीका अध्यक्ष चित्र बहादुर मगरले सरकारले भुकम्प पिडित आदिबासी जनजातीलाई अदिबासी भएकै कारण राहत बितरण भेदभाब गरेको आरोप लगाए ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले लाखौ नक्कली भुकम्प पिडीत गैर आदिबासी जनजातीहरुलाई भुकम्प राहत सरकारले बाँडे पनि ठूलो जनधनको क्षती भएका सही भुकम्प पीडित आदिबासी जनजातीले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरे । कार्यक्रममा जिल्ला महिला समवन्य समिती सप्तरीका उपाध्यक्ष नमिता चौधरी, गाविस ईनर्वा फूलबडियाका सचिव अर्जुन ढकाल, थारु कल्याण कारिणी सभा सप्तरीका सचिब देब नारायण चौधरी, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ सप्तरीका अध्यक्ष दिल कुमारी चौधरी, आदिबासी जनजाती गैसस महासंघ सप्तरीका अध्यक्ष उज्वल थारु, आदिबासी जनजाती यूवा महासंघ सप्तरीका उपाध्यक्ष सुर्यमान तामाङ, बलराम चौधरी लगायकाले बोल्दै सरकारले भुकम्पको राहत बितरणमा बिभेद गरेको आरोप लगाए । आदिबासी जनजाती महासंघ सप्तरीका सचिव बृजमान तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष कुमारमान श्रेष्ठले गरे । बिभिन्न जातिय संगठन, सम्बन्धन प्राप्त संगठन, बिभिन्न गाउँ समवन्य परिषदका प्रतिनिधि गरी ५० जना सहभागी कार्यक्रमको सहजीकरण ईन्जिनियर ब्रह्मदेब चौधरी र कुमारमान श्रेष्ठ गरे ।