राजविराज २७ जेठ । नयाँ शक्ति नेपाल सप्तरीले विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन सूत्रीय माँगसहितको ज्ञापन पत्र पठाएका छन् ।
नयाँ शक्तिका सप्तरी संयोजक एवं केन्द्रीय परिषद् सदस्य अरुण कुमार साहलाई जनयुद्धकालिन मुद्धामा पक्राउ गरी जेल चलान गरेको विरोधमा सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन । केन्द्रीय परिषद् सदस्य छेदी रजक (बिमल)को नेतृत्वमा जुलुससहित नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।
जनयुद्धकालीन सम्पूर्ण मुद्दाहरु सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत समाधान गर्नुको साटो आफ्ना नेतामाथि लगाईएको आरोप पूर्णतया झुठा रहेको भन्दै उक्त मुद्दालाई खारेज गरी रिहा गरिििदन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । द्वन्द्वकालीन झुठा मुद्दा खारेज, अरुण साहलाई तत्काल रिहा र जनयुद्धकालमा लगाईएका सम्पूर्ण नेता तथा कार्यकर्तामाथिको मुद्दा खारेज गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।