राजविराज, ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट खटेको टोलीले ४० हजार घुस सहित जिल्ला शिक्षा कार्यालय सप्तरीका एक कर्मचारी आइतवार पक्राउ गरेको छ ।
राजविराज–८ बाट जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक बिरेन्द्र कुसियैत यादवलाई पक्रेको हो । जिल्ला अन्तर सरुवा मिलाई दिने भनी धनुषाको एक विद्यालयबाट सप्तरी आउन चाहने मनोज यादव नामका शिक्षकबाट घुस सहित बिरेन्द्र यादवलाई पक्राउ गरिएको आयोगका पूर्वाञ्चल अनुसन्धान अधिकृत प्रविण भट्टराईले जानकारी दिएका छन् ।