• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मृत भेटिएकी राधाको हत्या भएको माइती पक्षको आरोप

मृत भेटिएकी राधाको हत्या भएको माइती पक्षको आरोप

वीरगञ्ज, ९ जेठ । वीरगञ्ज स्थित मुर्ली बगैचामा मृत अवस्थामा भेटिएकी राधा साहको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।
वीरगंजको मुर्ली बगैंचा वडा नम्वर १५ निवासी राधा देवी साह कानुको ससुराली पक्षले यातना दिएर हत्या गरेको उनका दाजु जितेन्द्र प्रसाद गुप्ताले आरोप लगाएका हुन् । बारा जिल्लाको महागढिमाई नगरपालिका गढीमाई टोलमा माइती रहेको राधाको गत बर्षको फागुन १० गते वीरगंज मुर्ली बगैचा निवासी सुवास प्रसाद साहसँग विहे भएको थियो ।
नयाँ जीवनको शुरुवात गर्न विरगञ्ज आएकी राधाको तीन महिना नवितदै हत्या भएको उनका परिवारले आरोप लगाएका छन् । ससुराली पक्षले राधाले आत्महत्या गरेकी वताए पनि घटनाको प्रकृति हेर्दा आत्माहत्या नभई हत्या भएको मृतककी दाजु जितेन्द्र साहले बताए । नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा मधेशी पत्रकार सघं पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नी बहिनीको हत्या भएको जितेन्द्र प्रसाद गुप्ताले दावी गरे ।
घटना शुक्रवार विहानै भए पनि माइती पक्षलाई वेलुका ५ वजे मात्र ससुराली पक्षले खवर गरेको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको वताए पनि हालसम्म केटा पक्षका एक जनालाई पनि पक्राउ गर्न सकेको छैन् । प्रहरीले शवको पोस्टमार्टम गरी परिवारको शनिवारै ससुराली पक्षलाई जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले थप कुरा पोष्टमार्टमको रिर्पोट आए पछि मात्र केही भन्न सकिने जनाएको छ । मधेशी पत्रकार संघ पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न भएको पत्रकार समेलनमा वोल्दै राधाकी दाजु जितेन्द्रले घटनाको छानविन गरी सत्य, तथ्य कुरा उजागर गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।
मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुको उपस्थितीमा आयोजना गरिएको पत्रकार समेलनमा मृतक राधा देवीकी माइती पक्षले राधाले कुनै पनि हालतमा आत्मा हत्या गर्न नसक्ने वताउँदै घटनालाई प्रहरी, प्रशासन र राजनितिककर्मीहरुको मिलोमतो दवाउने प्रयास भइरहेको दावी गरेका छन् । पत्रकार सम्मेलनमा वोल्दै मानव अधिकारकर्मी प्रमान्नद चौधरीले दोषी जो भए पनि यस्ता घटनाको छानविन गर्न जरुरी रहेको वताए ।
राधाको विहेमा २५ लाख रुपैया दाइजो दिएको वताउँदै उनका परिवारजनले २ लाख रुपैयाँ दिन बाँकी नै रहेको पत्रकार सम्मेलनमा वताए । त्यो बिषयलाई लिएर उनका सासु ससुराले बिभिन्न खाले यातना दिने गर्ने वताउँदै जितेन्द्रले आफुले त्यो रकम पनि दिन वाचा गरेको वताए । तर बहिनीलाई बिहे भएको १० दिनमै मानसिक र शारिरिक यातना ससुराली पक्षले गर्न थालेको, जलाएर मार्ने धम्की दिएको तथा चाकुले आँखा घोच्ने प्रयास गरेको साहले वताए ।
बहिनी बिरामी हँुदा उपचार समेत नगराएको, माईतीमा उपचार गरी पठाएको एक दिन पनि नबित्दै यस्तो घटना हुनु शंकास्पद भएको साहले बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा भावुुक वनेका साहले आफुले न्याय पाउनुपर्ने बताउँदै यसमा आम नेपाली जनताको सहयोग आवश्यक रहेको वताए । मृतक राधाका पति इन्जिनियर रहेको तथा वीरगञ्ज करिडोरमै रहेको एक कम्पनीमा काम गदै आएकोले मोटो रकम दिएर बहिनीको धार्मिक रितिरिवाज अनुसार बिहे गरी दिएको साहले वताए ।