• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यू

राजविराज, ८ जेठ । सप्तरीको नर्घो–५ मा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीको मृत्यू भएको छ ।
बुधवार आएको हावा हुण्डरीले चुडाएको तार जोडने क्रममा सप्तरीको तोपा निवासी अन्दाजी ४५ वर्षिय राम कृष्ण यादवको करेन्ट लगेर घटनास्थलमै मृत्यु भएको हो । विद्युत प्राधिकरण कार्यालयबाट उनी तार जोड्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनको मृत्यू भएको जनाईएको छ ।