राजविराज ८ जेठ । सरकारले जनताको विकासको लागी प्रदान गर्दै आएको अनुदान कोषवाट सांसदहरुले आफु अनुकुल खर्च गर्ने गरेको आरोप नेपाली काग्रेसका सभापति दिनेश कुमार यादवले लगाएका छन् ।
सिम्राहा सिंगियौन गाउँ विकास समितिमा शुक्रवार आयोजित वृहत काग्रेस कार्यकर्ता भेला कार्यक्रमका प्रमुख अतिथि यादवले उक्त आरोप लगाउदै सांसदहरुले गर्दै आएको सो कार्यको घोर भत्र्सना समेत गरेका छन् । नेपाल सरकारले दिइएको बजेट सांसदहरुले आफु अनुकुलता व्यक्तिहरुलाई मात्र सहभागी गराई काम काज गर्न गरेकोमा आक्रोस व्यक्त गर्दै भने ‘सासंदहरुलाई नेपाल सरकारले दिइने गरेको १ करोड रकम स्थानीय स्तरमा विकासका लागि हो तर सासंदहरुले आफ्ना आसेपासेहरुलाई मात्र सहभागी गराएको छ । जन प्रतिनिधि भएपछि सम्पुर्ण जनतासँग छलफल गरि मात्र कामकाज गर्न–गराउनु पर्ने हो तर व्यक्तिगत रकम बुझेको उनले बताए ।
सिम्राहा सिगियौन गाविसका नेपाली काँग्रेस सभापति भोगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा बोल्दै स्थानीय निकायको निर्वाचनको लागि टोल, गाउँ, सहर हरेक ठाउँमा व्यापक रुपमा कार्यकर्ता परिचालन गरिने बताउँदै अब काँग्रेस एक ढिक्का भई आगामी निर्वाचनहरुमा उत्रिने समेत वताए ।
भेला कार्यक्रमा क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति राम प्रसाद मण्डल, महासमिति सदस्य नन्दकिशोर यादव, तरुण दलका केन्द्रीय सदस्य सनत मण्डल, प्रदिप यादव, ओमप्रकाश मण्डल, अर्जुन प्रसाद यादव, जय प्रकाश यादव लगायतका वक्ताहरुले धारणा राखे ।