• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अधिकार प्राप्तिको आन्दोलनमा जुट्न आग्रह

अधिकार प्राप्तिको आन्दोलनमा जुट्न आग्रह

बिरेन्द्र बजार, ८ जेष्ठ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य भिम बहादुर घिसीङ तामाङले जारी अधिकार प्राप्तिको आन्दोलनमा जुट्न सम्पुर्ण तामाङ समुदायलाई आग्रह गरेका छन ।
२५२८ औ बुद्ध जयन्तीको अबसरमा नेपाल तामाङ नगर घेदुङ फत्तेपुरद्धारा शनिबार साङ्ग सालिङ्ग गुम्बाको प्राङ्गण फत्तेपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन । सदियौदेखिको उत्पीडन र बिभेदबाट मुक्तिका लागि आन्दोलन भन्दा अर्को बिकल्प नरहेको बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले जारी संघीय गठबन्धनको आन्दोलनमा जुट्न तामाङ लगायत आदिबासी जनजाती, मधेशी सहितका सम्पुर्ण उत्पीडित समुदायलाई आग्रह गरे । तामाङ समुदाय सामाजिक आन्दोलनसँगै राजनीतिक रुपमा अगाडि बढेको जानकारी गराउदै उनले भने ‘अधिकारका लागि विभेद विरुद्धको जारी पहिचान पक्षधरको आन्दोलनमा जानु आवश्यक छ ।’
कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्ब केन्द्रीय सदस्य खड्ग बहादुर तामाङ, जिल्ला अध्यक्ष सन्तमान गोले, संघीय प्रेस फोरम सप्तरीका उपाध्यक्ष बृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सुर्यमान तामाङ, साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, नेपाल तामाङ नगर घेदुङ कञ्चनरुपका अध्यक्ष गोपाल तामाङ, तेरहौताका अध्यक्ष डिक बहादुर तामाङ, त्रिरत्न गुम्बा सितापुरका जग्गादाता देबेन्द्र घिसीङ लगायतकाले बुद्धको उपदेश र शान्तिमार्गको बारेमा चर्चा गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका सदस्य एजेट न्यासुर लामाद्धारा सञ्चालित कार्यक्रममा स्वागत नेपाल तामाङ नगर घेदुङ सप्तकोशीका सदस्य पुर्ण बहादुर तामाङले गरे । कार्यक्रम अघि झाँकी सहितको शान्ति ¥याली निकालेर फत्तेपुर बजार परिक्रमा गर्दै विभिन्न सार्वजनिक स्थलहरुमा शान्तिको झण्डा गाडेका छन्