राजविराज, ४ जेठ । महुली र बनरा खोलाको ठेक्का–पट्टा मिलाई दिने भन्दै ठगी गरेको आरोपमा सप्तरीको भारदह–१ कि नुनु देवी झालाई प्रहरीले पक्राउ गरेको छ ।
कंकालिनी बहुद्देश्यीय सेवा केन्द्र कि अध्यक्ष झालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो । न्यौपाने निर्माण सेवाका सञ्चालक झापाको भद्रपुर नगरपालिका–९ का प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक जिल्ला काठमाण्डौ महानगरपालिका– १० का कमरुजमा सेखले दिएको जाहेरी निवदेनको आधारमा ६० वर्षिय अध्यक्ष झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानसिंह बोहराले जानकारी दिए ।
करिव एक वर्ष अगाडिदेखि विभिन्न बहाना बनाई विश्वासमा पारेर विभिन्न मितिमा आफ्नो संस्थाको वंैक खातामा रकम जम्मा गर्न लगाई ९५ लाख रुपैयाँ ठगी गरेको भन्ने निर्माण व्यवसायीको जाहेरी दरखास्तका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएर ठगी मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको उनले बताए । ठगीमा संलग्न फरार व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।