• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिंहरदरवार घेराउ कार्यक्रममा प्रहरी दमनः दर्जन बढी आन्दोलनकारी घाइते

सिंहरदरवार घेराउ कार्यक्रममा प्रहरी दमनः दर्जन बढी आन्दोलनकारी घाइते

काठमाण्डौ, ३ जेठ । संघीय गठवन्धनको आह्वानमा गरिएको सिंहदरबार घेराउका क्रममा दोस्रो दिन सोमवार प्रदर्शनकारी र प्रहरीबीचको झडपमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रहरीको घेरा तोड्ने क्रममा प्रहरीले रोक्ने प्रयास गरेपछि सोही क्रममा झडप भएको हो । संघीय समाजवादी विद्यार्थी फोरमका उप–महासचिव विजेश यादव, संघीय लिम्बुवान पार्टी नेपालका झापा सदस्य सन्तोस तुम्बाम्पो, सोनाहाङ राई, अमन धिमाल, केन्द्रीय सदस्य नितेश लिम्बु, संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदुर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादव लगायतका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको विद्यार्थी फोरमका केन्द्रीय उपाध्यक्ष रमेश कुमार यादवले जानकारी दिए ।
घाइते भएका अधिकांश आन्दोलनकारीको टाउकोमा चोट लागेको आन्दोलनमा सहभागी फोरमका युवा नेता अभिशेक यादवले टेलिफोन सम्पर्कमा जानकारी दिए । उनका अनुसार आन्दोलनका क्रममा नियोजित ढङ्गले घुसपैठियाको प्रवेश भएको पाईएकोले आन्दोलनकारी चनाखो भएका छन् ।1 (3)
आन्दोलनमा गरिएको प्रहरी हस्तक्षेपका कारण आन्दोलनकारीहरु थप आक्रोशित भएका छन् । संविधान पुनर्लेखनमार्फत पहिचानको आधारमा संघीय राज्यको नामाकरण, समानुपातिक समावेशी र पूर्ण धर्म्निरपेक्षताको माग गर्दै ३० वटा संगठनहरु सम्बद्ध संघीय गठबन्धनले आइतवारदेखि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तरता दिएका छन् । आन्दोलन स्थलमा व्यापक मात्रामा प्रहरी पचिालन गरिएको छ ।1 (2)