राजविराज, ३ जेठ । नेपाल सदभावना पार्टी गजेन्द्रवादीले आगामी असार १० देखि १२ गतेसम्म सप्तरीको भारदह पोर्ताहामा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेको छ ।
राजविराजमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । ‘अखण्ड मधेशका निर्माण करना ही हमारा मुल लक्ष्य हैं, मधेश माताको मुक्ति दिलाना ही हमारा मुल कर्तव्य है’ भन्ने नाराका साथ पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने नेपाल सदभावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास कुमार तिवारीले बताए ।
पार्टीको प्रथम महाधिवेशनका लागि नेपाल सदभावना पार्टी गजेन्द्रवादी राष्ट्रिय कार्य समितिलाई मुल आयोजक तथा विधान, घोषण पत्र, नियमावली परिमार्जनका लागि पार्टीको राष्ट्रिय उपाध्यक्ष कलाम आजादको संयोजकत्वमा साबित्री पण्डित र भुप नारायण दास सहित तीन सदस्यीय समिति गठन गरेको छ ।
महाधिवेशनलाई सफलतापुर्वक सम्पन्न गर्न दानी मण्डलको संयोजकत्वमा २१ सदस्यीय तयारी समिति तथा कुवेर यादवको अध्यक्षतामा संसदीय समिति गठन गरिएको अध्यक्ष तिवारीले बताए ।