राजविराज, ३१ बैशाख । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले भारतीय दुतावासका नियोग उप–प्रमुख विनय कुमारसँगको भेंटघाटबारे केही राष्ट्रिय मिडियाले प्रायोजित समाचार प्रकाशित गरी भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् ।
राजविराज स्थित आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समाचारप्रति आक्रोशपूर्ण टिप्पणी गरेका हुन् । राजविराजमा मधेशवादी दलहरुसँगको भेंटमा भारतीय दुतावासको आर्थिक सहयोगमा निर्माण शुरु भएको राजविराजस्थित महिला छात्रावास, बोरिया, ब्रहमपुर लगायतका विद्यालय, राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसुति सेवा कक्ष, कुनौली फत्तेपुर सडकको इनरुवा कुनौली सडक खण्ड मर्मतको काम लामो समयसम्म बित्तिसक्दा पनि सम्पन्न हुन नसकेको बारे मात्र जिज्ञासा राखेको नेता मण्डलले बताए ।
उपप्रमुख कुमारलाई उक्त योजनाहरु कसको बदनियतले पुरा हुन नसकेको भन्दै दाताको हैसियतले त्यसको छानविन गराई सम्बन्धित निकाय मार्फत कार्यवाही प्रक्रिया अगाडि बढाई उक्त योजनाहरु सम्पन्न गरी भारत सरकारको लगानीलाई सदुपयोग गर्न आफूहरुले आग्रह गरेको नेता मण्डलद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
यातायातको सहजता विकाश निर्माणको प्रमुख बिन्दु रहेको राजविराज ओद्यौगिक क्षेत्र संचालनमा बाधा हुनुको एक कारण यातायातको कठिनाई रहेकोले स्व.ललित नारायण मिश्र भारतका रेल मन्त्रि रहनुभएको बखत निर्मली स्टेशनदेखि छिन्नमस्ता, शक्तिपिठको नजिक भारतीय सिमासम्म रेल सेवा पु¥याउन सर्वे गराइएको अवगत समेत गराएको उनको दावी छ । निर्मलीदेखि भारतीय सिमासम्म रेल सेवा पु¥याउन उपप्रमुख कुमारलाई पहल गरी दिन उप–प्रमुख विनयकुमारलाई आग्रह गरेको दावी गर्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आक्रोश पोखेका छन् ।