महोत्तरी १५ वैशाख । सिंचाइ मन्त्री उमेशकुमार यादवले देश संघीय लोकतान्त्रिक गणतान्त्रिक भए पनि सिहदरवार पञ्चायती शैलीमा चलिरहेको कडा टिप्पणी गरेका छन् ।
सिहदरवार अझंै जनताको दरवार हुन नसकेको टिप्पणी गर्दै उनले भने ‘ मधेशलाई अधिकार दिनमा सिहदरवार पूर्वाग्राही र सम्प्रदायिक भएको छ, मैले आफै अनुभव गरेको छु ।’ बुधवार महोत्तरीको बगडामा अनरवन पथरा सिंचाइ योजनाको शिल्यानाश कार्यक्रमपछि बोल्दै उनले समृद्ध तराई विशेष सिँचाइ कार्यक्रमका लागि अर्थ मन्त्रालयले शिर्षक दिएपनि बजेट नदिएको प्रति आक्रोश व्यक्त गरे। यो बजेट एमालेले रोकेको भनि ठाडै आरोप लगाउँदै उनले सिंहदरवारको सोचमा परिवर्तन नभएसम्म जनताले लोकतन्त्रको अनुभूति गर्न नसक्ने धारणा राखे ।
सिंहदरवारमा केही व्यक्ति बलेको आगो ताप्ने प्रवृतिका छन्’ उनले भने ‘कसैको घरमा आगो लागेका हुन्छन् तर कतिपय यस्ता व्यक्ति हुन्छन् जो त्यही आगो तापेर ‘इन्ज्वाई’ गरेका हुन्छन्, त्यस्तो प्रवृतिका व्यक्ति सिहदरवारभित्रै छ । एकपटक जनताले सिहदरवार विरुद्ध मात्र आन्दोलन गर्नुपर्ने पनि उनले धारणा राखे ।
मधेशमा जल संकट शुरु भएको बताउँदै त्यसका लागि उहाँले चुरे संरक्षणमा लाग्न सबैमा आग्रह गर्नुभयो । चुरे क्षेत्रभन्दा तल राजमार्ग छेउछाउमा पानीको हाहाकार शुरु भइसकेको छ, जनताले तलबाट ट्रयाक्टरमा पानी ओसारेर खाने गरेका छन् उहाँले भन्नुभयो, यस्तै अवस्था रह्यो भने मधेशमा पनि पेट्रोलिय पदार्थ जस्तै पानी ओसार पोसार गर्नुपर्छ ।’ चुरे संरक्षणका लागि संघर्ष गर्नुपर्ने भन्नुहुँदै उहाँले चुरे विनाशमा केही शक्ति सुनियोजित रुपमा लागेको बताउनुभयो ।
उनले महोतरी जिल्लाका लागि ७० वटा पोखरी, ७० वटा इनार मर्मत तथा जिर्णोद्धार कार्यक्रम अगाडि बढी सकेको तथा सात सय स्यालो ट्युवेल र १४ डिप बोडिगंको काम पनि अगाडि बढी सकेको जानकारी दिए । शिलान्यास गरिएको सिंचाइ योजनाका लागि दुई करोड ९९ लाख ९३ हजार बजेट छुट्याइएको छ ।