• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वतन्त्र मधेश गठबन्धनका जिल्ला संयोजकसहित सात जना पक्राउ

राजविराज, ९ फागुन । स्वतन्त्र मधेश गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीसहित सात जना सप्तरीमा आइतवार पक्राउ परेका छन् ।
आफ्ना सहकर्मी रिहाई माग गर्दै राजविराजमा प्रदर्शन गर्ने जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, प्रचार–प्रसार विभागका संयोजक चन्देश्वर मण्डल (किसान), भीँड व्यवस्थापन समितिका संयोजक मों उस्मान मियाँ, गठबन्धनका सदस्यहरुमा महेश शर्मा, बुधेश्वर मण्डल, बिहारीलाल साह, अनिल ठाकुरलगायत रहेका छन् । उनीहरुलाई प्रदर्शनका क्रममा राजविराजस्थित सहीद दशन चौकबाट पक्राउ गरिएको गठबन्धनले जनाएको छ ।
साह धर्मशालाबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्ने क्रममा प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएका थिए । उनीहरुलाई राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सप्तरी प्रहरीले भारदह स्थित वि.पी. माध्ययमिक विद्यालयमा गठबन्धनद्वारा शुक्रवार आयोजित कार्यक्रम स्थलबाट प्रहरीले सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई पक्राउ गरेका थिए । ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीद्वारा पक्राउ परेका उनीहरुलाई आइतवार काठमाण्डौ लगिएको जनाईएको छ ।