• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा धमाधम पूर्ण सिंचित क्षेत्र घोषणा, चुरे संरक्षणमा सिंचाई मन्त्री यादवको जोड

सप्तरीमा धमाधम पूर्ण सिंचित क्षेत्र घोषणा, चुरे संरक्षणमा सिंचाई मन्त्री यादवको जोड

राजविराज, ६ फागुन । सिंचाई मन्त्री उमेश कुमार यादवले चुरेको संरक्षण भए मात्र पानीको मुहानले पुनर्जिवन पाउने बताएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका अन्तर्गत कठौनालाई शुक्रवार पूर्ण सिंचित क्षेत्र घोषणा गर्दै उनले यस्तो कुरा बताएका हुन् । तराई मधेशमा वन विनास व्यापक रुपमा बढेको भन्दै यसलाई रोक्नकालागि सरकारी प्रयासले मात्र नभई आम जनता सजग हुनुपर्नेमा सिंचाई मन्त्री यादवले जोड दिए ।
आफ्नै देशका बाँझो जग्गालाई उत्पादनशील बनाउन सिंचाई आवश्यक रहेकोले यसकालागि सरकार प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । ‘स्थानीय स्तरमा रहेका नदी, तलाउ आदिका पानी त्यसै खेर गईरहेकोले त्यसबाट लाभ लिने खालका कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाएको सिंचाई मन्त्री यादवले बताए ।
खास गरी दशगज्जा क्षेत्रमै उक्त मुहान पुरिएकोले झन समस्या भएको भन्दै मन्त्री यादव भने यस वारेमा भारतीय राजदुत लगायत अन्य पक्षसँग समेत कुराकानी भईरहेको जानकारी गराए । भारतीय पक्ष समेत खाँडो लगायतका दशगज्जा हुँदै बग्ने नदीहरुको नियन्त्रणका लागि सकारात्मक रहेको वताउँदै मन्त्री यादवले राष्ट्रपति तराई मधेश चुरे संरक्षण समिति गठन नहुनु तथा भारतले पछिल्लो तीन वर्षदेखि नदि नियन्त्रण तथा सिंचाई सम्बन्धी संयुक्त वैठक नराखेका कारण विभिन्न समस्याहरु भईरहेको वताए । 1
यसै महिना भित्रै चुरे संरक्षण समिति गठन हुने तथा आगामी मार्च महिनामा भारतसँग संयुक्त वैठक गरिने यादवले विश्वास व्यक्त गरे । यसका अतिरिक्त सप्तरीको बलान, जिता, भलुवाही, त्यस्तै विभिन्न सिंचाई प्रणालीहरुको स्तरोन्नतीका लागि समेत आफु क्रियाशिल रहेको उनको भनाई छ ।
मन्त्री यादवले सिंचाई पुर्वाधार निर्माण तथा कृषकहरुको हितका लागि सरकारले समृद्ध तराई मधेश सिंचाई विषेश कार्यक्रम तथा तराई मधेश वाढी व्यवस्थापन तथा वस्ती संरक्षण विषेश कार्यक्रम ल्याएको जानकारी गराए । यस कार्यक्रमको लागि नियमित बजेट वाहेक थप १० अर्ब बजेट विनियोजन गरिएको जानकारी गराए ।
यस कार्यक्रम अन्तर्गत तराई मधेशका जिल्लाहरु मध्ये प्रत्येक जिल्लाका कम्तीमा एक गाविसलाई पुर्ण सिंचित क्षेत्र घोषणा गर्ने योजना रहेको बताए । यस कार्यक्रम अन्तर्गत प्रत्येक गाविसमा कम्तीमा ५ वटा डिप वोरिङ्ग, २ सय स्यालो ट्युवेल, १ गाउँ दुई पोखरी र कम्तीमा एउटा मझौला सिंचाई आयोजना राख्ने मन्त्री यादवले जानकारी दिए ।DSC08513
सिंचाई मन्त्री यादवले सप्तरीको गङ्गाजली, महदेवा, सिम्राहा–सिङ्गियोनको बेल्हा, फकिराको जगाई टोल, शम्भुनाथ नगरपालिकाको वडा नम्वर–३ र बैरियाहीलाई पूर्ण सिंचित क्षेत्र घोषणा गरेका छन् । मन्त्री यादवलाई स्थानीय वासिन्दाहरुले विभिन्न स्थानहरुमा सम्मान गरेका छन् । सोही अवसरमा सिंचाई मन्त्री यादवले रामनगर स्थित नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । टोलीमा सभासद् मानपुर चौधरीसहितको सहभागिता रहेको थियो ।