राजविराज, ७ फागुन । स्वतन्त्र मधेश गठबन्धनका प्रचारक रहेको भन्दै सप्तरी प्रहरीले शुक्रवार तीन जनालाई पक्राउ गरेको छ ।
सप्तरीको भारदह स्थित वि.पी. माध्ययमिक विद्यालयमा गठबन्धनद्वारा आयोजित कार्यक्रम स्थलबाट प्रहरीले सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । 
स्वतन्त्र मधेश गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई बिथोल्ने क्रममा प्रहरीले सहभागीहरुलाई कुटपीट गरेका छन् । प्रहरीले साउण्ड सिस्टमसमेत प्रहरी लगेको जनाईएको छ । ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज सुरेन्द्र खेरबारको नेतृत्वमा रहेको टोलीले समाचार संकलनमा खटेका न्यूज टुडे दैनिकका भारदह सम्वाददाता रामसेवक यादवलाई समेत कुटपीट गरेका छन् ।
यसैगरी स्वतन्त्र मधेश गठबन्धनका अभियानीहरुले साँझ भारदह स्थित सहीद चौकमा नाराबाजी मैनबत्ती प्रज्ज्वलन गरेका छन् ।
