• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार सदस्यता शुद्धीकरण कार्यदलले बुझाए प्रतिवेदन

पत्रकार सदस्यता शुद्धीकरण कार्यदलले बुझाए प्रतिवेदन

वीरगञ्ज, २५ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण तथा नया“ सदस्य सिफारिसका लागि बनाएको कार्यदलले सोमवार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।
कार्यदलका संयोजक शत्रुघन नेपालले शाखाका अध्यक्ष श्याम बन्जारालाई कार्यदलले तयार पारेको प्रतिवेदन हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाले कार्यदल बनाएर सदस्यता शुद्धीकरण र नया“ सदस्यताको लागि सिफारिस माग गरेकोमा कार्यदलले सर्वसम्मत रुपमा संतोषजनक प्रतिवेदन बुझाएको संयोजक नेपालले जनाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले गठन गरेको सदस्यता शुद्धीकरण तथा नया“ सदस्य सिफारिस कार्यदलमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साह पूर्व अध्यक्षहरु दीपेन्द्र चौहान, अशोक तिवारी, के.सी.लामिछाने, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम मधेस विभाग प्रमुख विजय कुशवाहा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य लालबाबु शेष , नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं अधिवक्ता रामनारायण कुर्मी सदस्य छठु साह कार्यदलको सहस्यको रुपमा रहेका थिए ।
प्रतिवेदन बुझ्ने क्रममा शाखा अध्यक्ष श्याम बन्जाराले कार्यदलद्वारा बुझाईएको प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा कार्यदलका सदस्यहरु दिपेन्द्र चौहान, अशोक तिवारी, विजय कुशवाहा, लालबाबु शेख, ध्रुव साह, केसी लामिछाने, रामनारायण कुर्मी र छठु साह समेतको उपस्थिति रहेको थियो ।