• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बिबिएसका विद्यार्थीलाई वेलकम एण्ड ओरिएन्टेसन तालिम

वीरगञ्ज,१८ माघ । वीरगञ्ज पब्लिक कलेजद्वारा  बिबिए प्रथम बर्षका बिद्यार्थीहरुका लागि वेलकम एण्ड ओरिएन्टेसन एक दिने तालिम आयोजना गरियो ।
कलेजका कार्यकारी निर्देशक प्रोफेसर डा. दिपक शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । तालिमका प्रमुख अतिथी सेन्ट्रल कलेज अफ म्यानेजमेन्ट पुर्वान्चल युनिभर्सिटी  बिराटनगरका क्याम्पस प्रमुख उत्तम रेग्मीले बिद्यार्थीहरुलाई अनुशासित भई अध्ययन गरे भबिष्यमा अवश्यनै अगाडि बढने बताए । आफुमा रहेका गलत आचरणलाई त्याग गरी आफनो हुनर र क्षमतालाई बिकास गर्दै लगनशिल भएर काम गरे जीवनमा सफल हुने उनले बताए ।
वीरगञ्जका चर्चित युवा व्यवसायी बिश्वकरण जैन, एभी न्यूज टेलिभिजनका वियूरो चिफ राजु श्रेष्ठ, कान्तिपुर टेलिभिजनका नारायणी बियूरो चिफ उपेन्द्र ठाकुर, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, बिपीसी कलेजका क्याम्पस प्रमुख हरिरत्न तुलाधर लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कलेजका कोडिनेटर प्रेम पटेलले स्वागत मन्तव्य एवं बिबिएस दोस्रो बर्षका छात्राद्वव प्रियंका गुप्ता र स्वेच्छा  रौनियारले सहजिकरण गरेका थिए । एक दिने तालिममा नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष एवं वीरगंज पब्लिक कलेजका कार्यकारी निर्देशक प्रो. डा. दिपक शाक्य, बिपीसीका प्रध्यापकद्वय वाशु कर्ण र अरबिन्द श्रेष्ठले प्रशिक्षण दिएका थिए ।