राजविराज, १४ माघ । सप्तरीको ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको चेकिङ्ग प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
कोइलाडी गाविस वडा नम्वर–४ जिरीया हटियाबाट सकरपुरा–९ घर भएका दिनेश मुखियालाई बुधवार पक्राउ गरेको हो । उनको साथबाट १ थान नाल कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित फेला पारी दाखिला गरेको र जिल्ला प्रहरी सप्तरीले जनाएको छ । उनका अनुसार पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।