• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कांग्रेस, एमाले र एमाओवादीलाई सप्तरीमा कार्यक्रम गर्न रोक

कांग्रेस, एमाले र एमाओवादीलाई सप्तरीमा कार्यक्रम गर्न रोक

राजविराज, १२ माघ । मधेशी मोर्चा सप्तरीले नेपाली काँग्रेस एमाले र एमाओवादीलगायत मधेश विरोधी पार्टीहरुको कुनै पनि कार्यक्रममा सहभागी नहुन जनसमुदायसँग आग्रह गरेको छ ।
संयोजक कपिलदेव यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको मोर्चाकोतर्फबाट सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । अधिकार प्राप्तिको महान आन्दोलनका क्रममा नेपाली काँग्रेस, एमाले र माओवादी जस्ता पार्टीहरु मधेश विरोधी रहेको भन्दै उक्त पार्टीहरुलाई मधेशमा आफ्ना कुनै कार्यक्रम नगर्न, नगराउन समेत मोर्चाले आग्रह गरेको छ ।
मोर्चाको आग्रह विपरित कार्य गरेमा त्यस्ता कार्यक्रमहरुलाई विथोल्ने तथा प्रतिकार गर्ने समेत संयोजक मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोर्चाको बैठकले नेपाली काँग्रेसको गाउँदेखि लिएर जिल्ला सम्मका कुनै पनि अधिवेशनमा सहभागी नहुन मधेशी जनसमुदायहरुसँग आग्रह गरेको छ ।
‘नेपाली काँग्रेसलाई मधेश आन्दोलनको क्रममा आफ्नो अधिवेशन नगर्न आग्रह गर्दै यदि त्यसो गरेमा प्रतिकार स्वरुप अधिवेशनहरुलाई विथोल्ने यसै विज्ञप्तीमा मार्फत मोर्चाले जानकारी गराउन चाहन्छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘वार्ताको नौटंङ्क्री गर्दा गर्दै भर्खरै संसदबाट संविधान संशोधनको नौटंङ्की गरेर मधेश आन्दोलनलाई सम्बोधन गरेको भ्रामक प्रचार गरेकोले यस्ता संशोधनबाट मधेशका कुनै पनि अधिकार प्राप्ति नभएको र खस मानसिकता भएका शासक वर्गहरुको षड्यन्त्र रहेकोले हाम्रो आन्दोलन अबको दिनमा अझै सशक्त भई निरन्तर रुपमा अगाडी बढ्ने सबैमा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ ।’