वीरगञ्ज, ९ माघ । समाजको बिकासमा एक जुट हौ भन्ने मुल नाराका साथ कुर्मी सशक्तिकरण मञ्च पर्साले शनिवार वीरगञ्जको माईस्थानमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रम मधेस आन्दोलनका योद्धा रौतहट निवासी लालबाबु पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा ८ महिला सहित ६१ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा संतोष पटेल,ईश्वर यादव,धर्मेन्द्र पटेल, धुरेन्द्र पटेल,बिशेश्वर पटेल,पिंकी यादव,ओमप्रकास सर्राफ,मुन्नी श्रीवास्तव, निलम गुप्ता, बिष्णु पटेल,सीता पटेल,पुरुषोत्तम पटेल,प्रेम पटेल, अशोक पटेल, निकेश पटेल, दिपक पटेल, अकलेश कुशवाहा, आशमिया कर्मचार्य,सरोज पटेल,जितेन्द्र कुर्मी,आरती खडका,अनिल गुप्ता, नितेश कुर्मी, कुमार श्रेष्ठ,हृरेन्द्र पटेल, बाबुनन्द प्रसाद,बिरबिभुषण पटेल,अजय यादव,धिरज साह,तेजनारायण पटेल,प्रतिमा देवी ,सुरेश प्रसाद,जायद हुसेन,नबिन मिश्रा,संजय पटेल,सुवास पटेल,मोहन साह सोनार,रोसन तिमल्सीना,लकिन्द्र यादव,पप्पु कलवार,छोटेलाल पटेल,बिकास यादवले रक्तदान गरेका छन् ।
यसैगरी बिशाल गुप्ता, मुकेश सर्राफ,बिनोद साह,संजय पटेल,मनोज सिन्हा,अवधेश पटेल, आकास सर्राफ,बिनोद साह,संतोष साह,श्याम साह,हरीओम रौनियार,सलमान खान, शेलेश पटेल, मन्दीप पटेल,सुशिल साह, रमेश पटेल,निधी अग्रवान, सरदा खडका लगायतकाले रक्तदान गरे । उक्त अवसरमा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, सदभावना पार्टीका केन्द्रिय सहमहासचिव अधिवक्ता सुरेन्द्र कुर्मी, नेपाल निर्माण व्यवसायि संघ पर्साका बरिष्ठ उपाध्यक्ष दिवाकर पटेल, सचिव सुरेश पटेल,कुर्मी सशक्तिकरण मञ्चका केन्द्रिय उपाध्यक्ष रामरुप कुर्मी,वीरगंज जेजीजका अध्यक्ष राजेश पटेल,अधिवक्ता एवं संचारकर्मी रामनारायण कुर्मी,समाजका अगुवा राजकिसोर कुर्मी, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह लगायतको उपस्थिति रहेको थियो ।