• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सदभावनाद्वारा पार्टी प्रवेश कार्यक्रम

राजविराज, ८ माघ । सदभावना पार्टीद्वारा सप्तरीको मलेकपुर गाविस स्थित जनता माध्यमिक विद्यालय मुसहर्निया प्राङ्गणमा शुक्रवार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो ।
पार्टीका क्षेत्रीय अध्यक्ष कमलदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सदभावनामा प्रवेश गरेकाहरुलाई सदस्यता प्रदान गर्दै टिका लगाएर स्वागत गरेका थिए । सोही कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष नवल किशोर साह, केन्द्रीय सदस्यहरु विशेश्वर रजक, दिपेन्द्र प्रसाद चौधरी, दिनेश कुमार यादव, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, मधेश रक्षावाहिणीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, महिला मञ्चकी जिल्ला अध्यक्ष पूनम यादव, विद्यार्थी मञ्चका अध्यक्ष किशोर कुमार यादव, युवा मञ्चका केन्द्रीय सदस्य जयनारायण यादवलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमाओवादी परित्याग गरेका लक्ष्मी मण्डल, मनोज मण्डलसमेत गरी दुई सय जनालाई पार्टीका सदस्यता वितरण गरिएको युवा नेता जयनारायण यादवले जानकारी दिए ।