वीरगञ्ज, ८ माघ । मोरङ्गको रंगेलीमा विहीवार भएको हिंसात्मक घटनाको बिरोधमा वीरगञ्जमा शुक्रवार बिहानैदेखि जारी रहेको छ ।
संघीय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवको नेतृत्वमा वीरगञ्ज बजारलगायत बित्तिय संस्था, यातायातका साधन र सरकारी कार्यालयहरु पुर्णरुपमा बन्द गराइएको छ । गठबन्धनका युवा नेताहरु बिहानैदेखि नै वीरगञ्जको मुख्य चौकहरुमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
गठबन्धनका युवा नेताहरुले वीरगञ्जको घण्टाघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत दहन गरेका छन् । गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री ओलीले देशमा सम्प्रादियकता फैलाउन खोजेको भन्दै युवाहरुले मधेस आन्दोलन तत्काल सम्बोधन नगरे देश ठुलो संकटमा फसने चेतावनी दिए ।
एमालेले युवा संघको बलमा मधेस आन्दोलनलमा हस्तक्षेप गरे कडा प्रतिकार गर्ने संयोजक ईश्वर यादवले बताए । सरकारले जारी आन्दोलनलाई सम्प्रादियक मुठभेडतर्फ लैजाने, आन्दोलनलाई कमजोर बनाउने र पाँच महिना भन्दा बढि समयदेखि मधेसीहरुले गरिरहेको आन्दोलनलाई वेवास्ता गरी पुनः दास बनाउने चलखेल गरिरहेको सल्लाहकार ओमप्रकास सर्राफले आरोप लगाए ।
वार्ता र सम्वाद मार्फत नयाँ संबिधान संशोधन गरी मुलुकलाई निकास दिनुको सट्टा आन्दोलनकारीमाथि चरम दमन गरी तथा सरकार आफै बार्ता बिथोल्न गरी दोहोरो चरित्र नसच्याए मधेसी जनताहरु आफना अधिकार र पहिचानको लागि लडिरहने राष्ट्रिय मधेश समाजवादी पार्टीका पर्सा सचिव धर्मेन्द्र पटेलले बताए । कार्यक्रममा नेपाल सदभावना पार्टी पर्साको सचिव कृष्णा पटेल ,युवा नेताहरु रोशन पटेल, प्रवेश सर्राफ, फिरोज बादशाह, असरफ मन्सुरी, महेश पटेल, वीरभुषण पटेल,वकिल मियाँ, भागरिथ साह, बिजय सर्राफ, सुशिल सर्राफ, राजेश सर्राफ, अनिल सिंहलगायतको उपस्थिती रहेको थियो ।