• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रङ्गेली घटना विरुद्ध सप्तरीमा प्रदर्शन

राजविराज, ८ माघ । मोरङको रंगेली र डायनियामा प्रहरीको गोलीबाट तीन जनाको मृत्यू तथा करिब दुई घाइते भएको घटनाको बिरोधमा सप्तरीमा शुक्रबार बिहानैदेखि प्रदर्शन जारी रहेको छ ।
मधेसी मोर्चाका संयोजक कपिलदेव यादवको नेतृत्वमा बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । नगरको सहीद दशन चौक, गजेन्द्र चौक, रुपनी मोडलगायतका स्थानहरुमा टायर बालेर विरोध प्रदर्शनलाई तिब्रता दिएका छन् ।
यसैगरी मधेशी युवा विद्यार्थी मोर्चाका नेताहरुले राजविराज स्थित सामुदायिक तथा निजी विद्यालयहरुमा पुगेर विद्यालय बन्द गराएका छन् । कतिपय विद्यालयहरुले भने उक्त घटनाको शोकमा स्वस्फूर्त रुपमा विद्यालयमा विदा दिएका छन् । युवा विद्यार्थी मोर्चाका नेताहरुले शिक्षण संस्थाहरु बन्द गराएपछि विद्यार्थी घर फर्केका थिए । 1 (2)