• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तमलोपा सांसद कुर्मीलाई मातृशोक

वीरगञ्ज, ७ माघ । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवम् सांसद रमेश कुर्मीलाई मातृशोक परेको छ ।
उनका ७५ वर्षिय फुलमति देवीको विहीवार विहान असमायिक निधन भएको हो । वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर– २८ श्रीसिया टोल निवासी उनको घरमा मृत्यु भएको परिवारजनले बताएका छन् । उनको दाहसंस्कार हिन्दू रितीरिवाज अनुसार श्रीसिया सानो भन्सार नजिक रहेको श्रीसिया नदी छेउमा गरिएको छ ।
उनलाई अन्तिम श्रद्धाञ्जली दिन तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं पुर्व सभासद जितेन्द्र सोनल, सदभावना पार्टीका केन्द्रीय सहमहामन्त्री अधिवक्ता सुरेन्द्र कुर्मी, नेपाल सदभावना पार्टीका महासचिवव शिव पटेल, संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, तमलोपा पर्साका पुर्व अध्यक्ष रमतुल्लाह खान, कुर्मी सशक्तिकरण मञ्च केन्द्रीय उपाध्यक्ष रामरुप कुर्मी, राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, नेपाली कांग्रेस वीरगञ्ज नगर समिती कोषाध्यक्ष बिशेश्वर पटेल, युवा नेता भोला कलवार, युवा व्यवसायी एवम् समाजसेवी मुकेश सरावगी, शम्भु गुप्ता, कुर्मी समाजका अगुवा जयमंगल राउत कुर्मी, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायत स्थानियबासिन्दाहरुको सहभगिता रहेको थियो ।