• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवा गठबन्धन पर्साद्धारा युवा संघलाई चेतावनी

वीरगञ्ज ७ माघ । संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले मोरंगको रंगेलीमा प्रहरीले मधेसी जनतामाथि गरेको दमनको कडा विरोध गरेको छ ।
गठबन्धन पर्साका संयोजक ईश्वर यादवले एक प्रेस विज्ञप्ती जारी गरी वर्तमान सरकारको इशारामा युवा संघले मधेसमा सम्प्रदायिकता एव हिंसात्मक गतिविधि फैलाउन लागेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप तत्काल रोक्न चेतावनी दिँदै नसच्चियाए कडा प्रतिकार गर्ने जनाएको छ  । सरकारले एकातर्फ वार्ताको नाटक गर्ने र अर्कोतर्फ मधेसी जनताको हत्या गर्ने दोहोरो रणनीतिका कारण वर्तमान परिस्थिति सृजना भएको जनाएको छ । मधेस आन्दोलन शुरुदेखि नै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उनका पार्टीका नेताहरुको छुछो बोली र ब्यवहारका कारण मधेसी जनतालाई होेच्याउने गरेका छन् ।
मधेसी जनताले आफ्ना अधिकार र पहिचानकालागि गरिरहेको आन्दोलनलाई बदनाम गर्ने कार्य मात्र सरकार र प्रमुख दलले गरि रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । रंगोलीमा प्रहरी र युवा संघ मिलेर गरेको हत्याको निंदा गर्दै कडा विरोध गरेको छ ।  रंगेली घटनाको विरुद्धमा बीरगञ्जमा शुक्रवार बाजार, यातायात, बैंक वित्तिय संस्था, कल कारखाना लगायत बन्द गरेर आन्दोलनलाई सबैमा सहयोग गर्न आग्रह गरेको छ ।