• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

वीरगंज, ६ माघ । कुर्मी सशक्तिकरण मञ्च पर्साद्धारा बीरगञ्ज जेसिजको सभा हलमा सम्मान समारोह सम्पन्न गरेको छ ।
कुर्मी समाजका ब्यक्तित्वहरु राजनितिक दल एव समाजिक संघ संस्थाको उच्च ओहदामा पुगेको अवसरमा सो कार्यक्रम आयोजना गरिएको थियो । मञ्च पर्साका अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न समारोहमा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं सभासद रमेश कुर्मी प्रमुख आतिथि रहेका थिए ।
प्रमुख अतिथि कुर्मीले सम्मानित व्यक्तित्वहरुलाई बधाई दिँदै कुर्मी समाजमा जडो गाडेर बसेको बाल विवाह र दाईजो प्रथा अन्तय गर्न सबैलाई आग्रह गरे । समाजको विकासमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउँदै राजनैतिक र आर्थिक रुपमा सबल नभएसम्म समाजको विकास नहुने बताए ।
नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेलले जारी मधेस आन्दोलनमा आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै आफु समाजको सिपाही भएको बताए । सम्मान समारोहमा रामसपा पर्साका अध्यक्ष प्रेम बाबु पटेल, कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, समाजका अगुवा शिवशंकर प्रसाद कुर्मी, शिक्षाविद् डा. शम्भु पटेल, कुर्मी सशक्तिकरण मञ्चका केन्द्रीय उपाध्यक्ष रामरुप प्रसाद कुर्मी, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य पप्पु पटेल, पर्सा जिल्ला सचिव कृष्ण पटेल, रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल, बीरगञ्ज जेसिजका अध्यक्ष राजेश पटेल, समाजका अगुवा शिवशंकर आर्य, राजकिशोर कुर्मी, रञ्जित पटेल, मञ्चका संस्थापक अध्यक्ष दिपक पटेल लगायतकाले आ–आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरे । वक्ताहरुले आफ्नो धारणा राख्दै समाजको एकिकरणसँगै समाजमा रहेका विकृतिहरुलाई निर्मुल पार्न आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न प्रतिबद्धता ब्यक्त गरेका थिए ।
मञ्च पर्साका सदस्य एवं विपिसि कलेजका प्रोफेसर पे्रम पटेलले सहजिकरण एव. मञ्चका उपाध्यक्ष विशेश्वर पटेलले स्वागत मन्तब्य गरेको सम्मान समारोहमा नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेल, शिक्षाविद् डा. प्रो. शम्भु पटेल, बीरगञ्ज जेसिसका अध्यक्ष राजेश पटेल, रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य पप्पु पटेल, पर्सा जिल्ला सचिव कृष्णा पटेल, प्याब्सन पर्साका अध्यक्ष शिक्षा प्रेमी लालबाबु पटेल, पुस्तक व्यवसायी संघ पर्साका उपाध्यक्ष राजेश्वर प्रसाद कुर्मी, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय सह–कोषाध्यक्ष हरेन्द्र पटेललगायतलाई फुलमाला, गम्छासहित सम्मान गरिएको छ ।