• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोर्चाद्वारा राजविराजमा पनि मनाईयो बलिदानी दिवस

मोर्चाद्वारा राजविराजमा पनि मनाईयो बलिदानी दिवस

राजविराज, ५ माघ । मधेसी मोर्चा सप्तरीद्वारा मङ्गललबार राजविराजमा समेत बलिदानी दिवस मनाईयो ।
राजविराजस्थित जिल्ला बिकास समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाईएको हो । मधेशीे मोर्चाका जिल्ला संयोजक कपिलदेब यादव अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य भरत साह, मधेशी मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यद्वय जयप्रकाश ठाकुर, साधना झा, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य जयप्रकाश सिंह, तमलोपाका जिल्ला अध्यक्ष रामपृत यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, नेकपा (माओवादी)का जिल्ला संयोजक जयप्रकाश यादबले सहीदहरुको बलिदानीपूर्ण संघर्षबारे बिचार व्यक्त गरे । कार्यक्रममा तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव, नेसपाका जिल्ला सचिव मनोज झा, मोर्चा नगर संयोजक उमेस साह, सदभावना पार्टीका क्षेत्र न ३ का क्षेत्रिय अध्यक्ष लक्षमण यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादवलगायतले मन्तव्य व्यक्त गरे ।