वीरगञ्ज, ५ माघ । कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न बैठकले तीन बँुदे निर्णय गरेको छ ।
कुर्मी समाजका व्यक्तित्वहरु राजनितीक एवं समाजिक संघ संस्थाको उच्च ओहदामा पुगेको अवसरमा माघ ६ गते दिउँसो २ बजे होटल सम्झनामा सम्मान समारोहको आयोजना गरिने, जारी मधेस आन्दोलनमा सहयोग पुर्याउने उद्देश्यका साथ माघ ९ गते माईस्थान पार्कमा बिहान ८ बजे देखि खुल्ला रक्तदान गर्ने र भारत बिहार राज्यको पाँचौ पटक मुख्यमन्त्री भएका सम्मानिय नितिश कुमार लगायत उहाँको टिमलाई पटनामै गएर बधाई एवं सम्मान गरिने निर्णय गरेको मञ्च पर्साका अध्यक्ष पटेलले बताए ।
बैठकमा मञ्च पर्साका उपाध्यक्ष विशेश्वर पटेल, सह–सचिव खेमराज पटेल, कोषाध्यक्ष पन्नालाल पटेल, पूर्वअध्यक्षहरु दिपक पटेल, सरोज पटेल, संजय पटेल, मुन्नाबाबु पटेल, समाजका अगुवा एवं सल्लाहकार सुरेन्द्र कुर्मी, शिवशंकर प्रसाद कुर्मी, जयप्रकास सिंह, प्रेमबाबु पटेल, जितेन्द्र कुर्मी, राजकिशोर कुर्मी, चन्द्रशेखर प्रसाद कुर्मी, गेनालाल पटेल, मञ्च पर्साका कार्य समिती सदस्यहरु धर्मेन्द्र पटेल, रोशन पटेल, राजेश पटेल, कौशल पटेल, शैलेश पटेल, सुधिर पटेल, बिरेन्द्र पटेल, दशरथ पटेल, प्रेम पटेल, पन्नालाल पटेल, दिपक पटेल, श्रीराम पटेललगायतको बैठकमा उपस्थिती रहेको थियो ।