• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गोलबजार प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

गोलबजार प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

राम नारायण पंडित, सिरहा, ४ पुस । सिरहा प्रहरीले आइतबार दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
सिरहा जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तहरुलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेका हुन् । अदालतवाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियूक्तहरुको खोजतलास गर्ने अभियान अन्र्तगत गोलबजार नगरपालिका–१ मुक्सार का ५५ बर्षिय मौजे यादव र सोही नगरपालिका १ का ४३ बर्षीय राम जतन यादवलाई पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला अदालत सिरहाको २०५५ कार्तिक १२ गतेको फैसलाले कुटपिट मुद्दामा रु.१ सय ७१ रुपैया ४३ पैसा जरिवाना सजाय भई फरार रहेका ५५ बर्षीय मौजे यादव र ४३ बर्षीय राम जतन यादवलाई घरबाटै पक्राउ गरिएको छ । पक्राउ गरिएको दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहा पठाईएको प्रहरीले जनाएको छ ।