विरगञ्ज, ३ माघ । पर्सा जिल्लाको क्षेत्र नम्वर ५ को गाबिस मिर्जापुरमा स्थानिय बासीन्दाहरुसँग भेंटघाट एवं मधेस आन्दोलनबारे बृहत अन्र्तक्रिया सम्पन्न भएको छ ।
स्थानिय बिरेन्द्र यादवको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघिय समावेसी मधेसी गठबन्धन पर्साका नेता राजकुमार यादवले सरकार र प्रमुख दलहरुले वार्ताको नाममा नौटंकी गरिरहेको बताउदै अब मधेसी जनताले उधारो र खुद्रा सम्झौता नमान्ने बताए । काँग्रेस, एमाले र माओवादीलाई मधेस प्यारो हुने तर मधेसी जनता मन नपर्ने दोहोरो चरित्रका कारण वर्तमान परिस्थिती सृजना भएको बताउदै राज्य पक्षबाट भ्रामक समाचारहरु प्रवाह गरेको कारण केही दिगंभ्रमित भएको बताए ।
मधेसी मोर्चाको केन्द्रीय नेताहरुको आपसी किचलोको कारण आन्दोलनमा केही शिथिलता आएको आरोप लगाउदै मधेसको माँगमा मोर्चा लगायत केन्द्रीय नेतृत्व डगमगाए मधेसमा नयाँ शक्तिको उदय हुने चेतावनी दिए । सभामा बोल्दै यादवले तस्करी र कालोबजारी नियन्त्रण गर्न सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा नथुनी कुशवाहा, सुरेश यादव, फैयाज अहम्द, चोकट गिरी, बिरेन्द्र कुशवाहा, सुरेश साह तेली, मुन्नीलाल यादव, सञ्जित महतो, रघैया यादव, शंकर पटेल, लक्ष्मण यादव, प्रमोद यादवलगायतकाले आ–आफनो मन्तव्य व्यक्त गर्दै जारी मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्ने सवैलाई आग्रह गरेका थिए । फरमान खानले सहजीकरण गरेको अन्र्तक्रिया कार्यक्रममा रमेश यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।